लिमा समूह आबद्ध देशले मोदुरोलाई नमान्ने

लिमा, २१ पुस : लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका छन् ।

क्यानाडासमेत सम्मिलित १२ ओटा ल्याटिन अमेरिकी देशहरुको संगठनले यस्तो जनाएका हुन् । भेनेजुएलाका राष्ट्रपति मोदुरोले आगामी हप्ता यहाँको राष्ट्रपतिको सपथ लिँदैहुनुहुन्छ । उहाँले आगामी हप्ता छ वर्षका लागि भेनेजुएलाका राष्ट्रपतिको पदको सपथ गर्ने तयारी गरिरेहका बेला यी ल्याटिन अमेरिकी देशहरुले यस्तो अभिव्यक्ति दिएका छन् ।

ती देशका विदेशमन्त्रीहरुको बैठकले आफ्ना देशका सरकारहरुले भेनेजुएलाका राष्ट्रपतिका रुपमा मोदुरोलाई राष्ट्रपतिका रुपमा स्वीकार नगर्ने जनाएका छन् ।

पेरुको राजधानी लिमामा शुक्रबार बसेको ती देशको विदेशमन्त्रीहरुको बैठकले सो निर्णय गरेका हुन् । लिमामा जम्मा भएका विदेशमन्त्रीहरुको बैठकले अन्तर्राष्ट्रिय समुदायलाई दबाव सिर्जना गर्न यस्तो निर्णय गरेका समाचारमा जनाइएको छ ।

ती देशले भेनेजुएलाका राष्ट्रपतिलाई पहिलेदेखि नै अर्काे कार्यकालका लागि राष्ट्रपतिको रुपमा स्वीकार नगर्ने बताउँदै आएका थिए । पेरु समूहका सदस्य ती राष्ट्रले भेनेजुएलामा भएको निर्वाचनलाई विगतदेखि नै अस्वीकार गर्दै आएका छन् ।

पेरुका विदेशमन्त्री नेस्टर पोपोलिजोले निकोलास मोदुरोले आगामी दश जनवरीमा गर्न लागेको सपथ ग्रहणको पूर्वसन्ध्यामा लिमा समूहआबद्ध ती देशले भेनेजुएलाका लागि दिएको यस्तो सन्देशले उसमाथि ठूलो राजनीतिक दबाव सिर्जना हुनसक्ने बताइएको छ ।

मोदुरो गएको मे २० तारिखमा भएको निर्वाचनमा भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँको विरुद्धमा सो निर्वाचनमा प्रमुख विपक्षीदेखि लिएर सबै विपक्षी दलले बहिस्कार गरेका थिए ।

त्यसैले विपक्षी दलहरुले सोही समयमा पनि निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका थिए । उक्त निर्वाचनमा संयुक्त राज्य अमेरिकाले पनि विरोध गरेको थियो ।

सो निर्वाचनकै बेलामा पेरु लगायतका सबैजसो ल्याटिन अमेरिकी देशहरुले विरोध गरेका र अहिले पनि आफूहरुले शुक्रबारको बैठकबाट यो सन्देश दिएको जानकारी समाचारदाताहरुलाई विदेशमन्त्री मोदुरोले दिनुभयो ।

भेनेजुएलाले भने आफूमाथि लिमा समूहका नाममा ती देशहरुले अन्याय गरेका बताएको छ । यसअघि पनि राष्ट्रपति मोदुरोले ती देशहरुले आफूहरुलाई घोषित या अघोषित रुपमा नाकाबन्दी नै लगाएका आरोेप लगाउनुभयो ।

लिमा समूहमा आवद्ध रहेका तथा अरु अमेरिकी देशहरुले पनि भेनेजुएलाका राष्ट्रपतिको विरोध गर्दै उहाँले यहाँको विपक्षीहरुको पर्याप्त प्रतिनिधित्व रहेको नेशनल एसेम्बलीलाई शक्ति हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छन् ।

उक्त एसेम्बलीलाई शक्ति हस्तान्तरण गर्न र सो एसेम्बलीमा रहेका सबै विपक्षीहरुसँगको समन्वयमा सत्ता हस्तान्तरण गर्न तथा सबै पक्षको सहमति र समन्वयमा निर्वाचन गरी सत्ता व्यवस्थापन गर्नुपर्ने माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.