उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन : इटाली

रोम, इटाली, १९ पुस : उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बिहीबार बताएको छ ।

इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उहाँको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएको समय इटालीको उक्त भनाइ आएको हो ।

स्रोतले एएफपीसँग भन्यो, “यस्तो अनुरोधबारे ‘हामीलाई कुनै जानकारी छैन’ तर मन्त्रालयलाई उहाँको स्थानमा अरू कसैलाई पठाउनका लागि अनुरोधसहितको पत्र भने प्योङयाङबाट पाएको छ ।”

उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा मन्त्रालयलाई जानकारी नभएको बताइएको छ । जोले आफू र परिवारसहित शरण माग गरेको एक पत्रिकाले जानकारी गराएको र यसपछि दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कूटनीतिज्ञको सुरक्षाका लागि सांसदहरूलाई जानकारी गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सङ्कल्प विपरीत उत्तर कोरियाले आणविक परीक्षण गरेको विरोधमा मुन जोङ नामलाई देश छाड्न निर्देशन दिइएपछि ४८ बर्षीय जोलाई दुई बर्ष पहिले इटाली पठाइएको थियो ।

इटाली प्योङयाङका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूण मुलुक हो । राष्ट्रसङ्घीय खाद्यान्न र कृषि संगठनको इटालीको रोममा मुख्यालय रहेको छ र उत्तर कोरियामा चरम खाद्यान्न अभाव रहेको बताउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.