नुवाकोटको किस्पाङ गाँउपालिका३ काहुलेमा घट्ट सञ्चालन गर्दै आउनुभएका स्थानीय चिमुमायाँ तामाङ । बर्खायाममा एकवटा र हिउँदयाममा तीन वटासम्म घट्ट चलाएर उहाँले अन्नबाली पिसानी गरेबापत ज्याला स्वरुप दैनिक दुई पाथी अन्नबाली आम्दानी गर्नुहुन्छ । विद्युतीय मिलमा भन्दा पानीबाट चल्ने घट्टमा पिसानी गरेको पिठो स्वादिलो हुनेहुँदा स्थानीयबासीको रोजाईमा घट्ट पर्ने गरेको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

