अफगानिस्तानका आइएस प्रवक्ता मारिए

जललाबाद, अफगानिस्तान, १२ पुस : अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन् । 

अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ । 

“गुप्तचर निकायबाट प्राप्त श्रोतका आधारमा गरिएको आक्रमणमा परी आईएस लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सैनाले पाचिरागम जिल्लामा बुधबार लुकिराखेको बेला अजिजलाई आक्रमण गरेको थियो । 

कट्टरपन्थी स्लामिक स्टेट (आइएस) ले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.