बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए

कानो, नाइजेरिया : बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । 

मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ । 

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राती अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए । 

प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.