इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने

तेहरान, ११ पुस : इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताउनुभएको तास्निम समाचार समितिले बुधबार जनाएको छ । 

अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताउनुभयो । 

वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरुसँग वार्ता गर्नुभएको थियो । 

काबुलको भ्रमणको क्रममा बुधबार उहाँ वार्ता गर्नुभएको तास्निम र विभिन्न समाचार समितिहरुले जनाएका छन् । 

इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरुलाई सधँै सहयोग गर्दै आएको पनि शामखानीले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.