भारतको काश्मिरमा छ जना लडाकू मारिए

नयाँदिल्ली, ७ पुस : भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । 

सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् । सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ । 

लडाकूहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोज कारबाही गरिएको थियो । उनीहरुले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए । मारिएका लडाकूको पहिचान खुल्न नसकेको सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.