योगी नरहरिनाथ ट्रष्टद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौँ, २९ मङ्सिर : बौद्धधर्म र संस्कृतिको उत्थानमा विशेष योगदान पु¥याएवापत आज विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा पूर्वमन्त्रीद्वय बुद्धिराज बज्राचार्य र डम्बरनारायण यादव तथा धर्म गुरु ठाकुरप्रसाद पौडेल र समाजसेवी अम्बु राणा छन् ।

योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्द्वारा यहाँ आयोजित कार्यक्रममा डा शास्त्रदत्त पन्तले उहाँहरुलाई दोसल्ला ओढाइ सम्मानपत्रबाट सम्मान गर्नुभयो ।

सो अवसरमा सम्मानित व्यक्तित्व बज्राचार्यले मुलुकको विकास र समृद्धिका लागि सबै नेपाली एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सम्मानित व्यक्तित्व डा यादवले हिन्दू धर्म र संस्कृतिको विकासबाट मात्र समाज सुखी र शान्त हुने बताउनुभयो ।

धर्मगुरु ठाकुरप्रसाद पौडेल र समाजसेवी अम्बु राणाले हिन्दू र बौद्धधर्म हाम्रो मुलुकको मौलिक पहिचान हो भन्दै यी धर्मको प्रवद्र्धनका लागि युवा पुस्तालाई यसप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्वान डा शास्त्रदत्त पन्तले बहादुर शाह स्मृति प्रतिष्ठानका अध्यक्ष दिवाकर विक्रम शाहले लेख्नुभएको ‘स्तुत्य नेपाल’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

गौतमबुद्ध र उहाँको पञ्चशील र अष्टाङ्ग मार्ग, भृकुटी, स्तुत्य नेपाल, पृथ्वी बन्दना, क्रिश्चियनको निशानामा राजा पृथ्वीनारायण शाह, गोरखनाथ महिमा र मृगस्थली, पशुपतिनाथ, शिवगोरक्षनाथ, शिवपार्वती मन्दिर, योगी नरहरिनाथ आदि शीर्षकका विभिन्न लेख सङ्कलन गरिएको सो पुस्तकमा ३२ अध्याय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.