इजरायली कारबाहीमा प्यालेस्टिनी मारिए

जेरुसेलम, २७ मङ्सिर : पश्चिमी गाजा क्षेत्रमा दुईजना इजरायली नागरिकको हत्यामा संलग्न रहेको आशंका गरिएका एकजना प्यालेस्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । दुई महिनादेखिको खोजी पश्चात ती प्यालेस्टिनी मारिएको इजरायली सैनिक अधिकारीले बताएका छन् ।

इजरायली अधीनस्थ पश्चिमी किनाराको बार्कान औद्योगिक क्षेत्रमा गत अक्टोबरमा २८ वर्षीय एक महिला र ३५ वर्षीया पुरुषको छुरा प्रहार गरी हत्या भएको थियो ।

इजरायली गुप्तचर निकाय शिन बेटले एक वक्तव्य जारी गर्दै हत्यामा संलग्न अस्राफ नाल्वालाई पक्राउ गर्न खोज्दा भागेकाले सुरक्षाकर्मीले गोली चलाएको स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.