विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव सम्पन्न

धनुषा, २४ मङ्सिर : जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र आज तिलकोत्सव सम्पन्न भएको हो । पाँचौँ दिन मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफलबाट विवाह तय गरिन्छ । तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ ।

तिलकोत्सव भनेको बिहेका लागि गरिने टीकाटालो अर्थात् ‘इङगेजमेन्ट’ हो । तिलकोत्सवमा जनकपुर आइपुगेका सम्पूर्ण श्रद्धालु र नगरवासीको सहभागिता रहेको थियो । विगतभन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.