नेपाल जेसिजको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

हेटौँडा, १३ मङ्सिर: प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सबै नेपालीले आफ्नो उत्तरदायित्व बहन गरे मुलुकले चाँडै समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।

नेपाल जेसिजको आयोजना तथा हेटौँडा जेसिजको आतिथ्यतामा आजदेखि यहाँ शुरु भएको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना रहेको हुँदा समृद्ध राष्ट्र निर्माणका लागि सबैको सोच सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

तीन दिने सो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३५ जनाको सहभागिता रहेको हेटौँडा जेसिजका अध्यक्ष रवि नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.