इयू, बेलायतबीच ब्रेक्जिटपछिको सम्बन्धका लागि मसौदामा सहमति
ब्रसेल्स, बेल्जियम, ६ मङ्सिर : बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको अधिकारीहरूले जनाएका छन् ।
सहमतिबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै यूरोपेली परिषद् प्रमुख डोनाल्ड टस्कले भन्नुभयो, “ब्रेक्जिटपछि इयूको बेलायतसँगको सहकार्यका महत्वाकांक्षी सहमति भएको इयूका कार्यकारी अधिकारीले मलाई जानकारी दिनुभएको छ ।”
सहमतिले इयू र बेलायतबीच व्यापार, आर्थिक सहकार्य तथा अन्य क्षेत्रमा लचिलो बनेर काम गर्ने बाटो खुला गरेको छ, सम्झौताका लागि बनाइएको एएफपीले प्राप्त मसौदाको प्रतिलिपीमा उल्लेख छ ।
