पाकिस्तानका प्रधानमन्त्री मलेसिया जाने

इस्लामाबाद, २९ कात्तिक : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्नुहुने भएको छ ।

उहाँ यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लाग्नु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । उहाँले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्नुहुने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भएपछिको उहाँको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उहाँले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उहाँहरूले छलफल गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.