इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

नयाँदिल्ली, १३ कात्तिक : इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ ।

इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनु हुनेछ । सम्मेलनमा हरितप्रविधि, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, हवाई उड्डयन, शिक्षा र सांस्कृतिक सम्पदाका क्षेत्रमा पछिल्ला उपलब्धिका बारेमा छलफल र प्रदर्शनी हुनेछ ।

भारत र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा इटालीका प्रधानमन्त्री कोन्टे भारत भ्रमणमा आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.