विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान सर्वसम्मत चयन

केदार पन्त । माघ २४, काठमाडौँ । नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन माघ २४ शनिबार सम्पन्न भएको छ ।

काठमाडौँको विशालनगरमा सम्पन्न उक्त राष्ट्रिय महाधिवेशनले सिंहबहादुर मोक्तानको अध्यक्षतामा २१ सदस्यीय संघीय समिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा संगीता बाटाजु, सचिव (प्रशिक्षण तथा क्षमता विकास) रितेश मल्ल, सचिव (अभियान तथा संजाल) सिता कुमारी मैनाली, र सदस्यहरूमा कृष्ण देव भण्डारी, प्रधुम्न अर्याल, किरण साह, कपिल अर्याल, बिजय कुमार तामाङ, सुरजनारायण सिंह थापा, विकास उगरकोटी, महमद आमिन, दान बहादुर थिङ्ग, बिनु कुमार बराल, बिनिता कुमारी चौलागाई, शिशिर दर्शन धारी, सोर्णिका मोक्तान, मुना वस्नेत, अजिता राई, विकास रञ्जित, आशिष राई रहेका छन् ।

देशभरका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न महाधिवेशनले भावी कार्यदिशा, योजना तथा कार्यक्रमहरूसमेत पारित गरेको छ । गतिशील मध्यमार्ग (Radical Centrism) राजनीतिक सिद्धान्त भएको यस पार्टीले प्रमाण र मूल्यमा आधारित राजनीतिक संस्कारलाई व्यबहारमा अवलम्बन गर्ने नवनिर्वाचित संघीय सदस्य आशिष राईले जानकारी दिनुभएको छ । महाधिवेशनमा अतिथिहरु पूर्वमन्त्री सुमना श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री शैलेन्द्र वज्राचार्य र आशुतोष तिवारीले शुभकामना मन्तव्य समेत दिनुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.