‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

काठमाडौँ, १८ मङ्सिर : राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

यसैगरी रु ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिने भएको छ । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.