देवकोटाको ‘छोरो अमेरिका छ’ गीत बजारमा

काठमाडौँ, १३ जेठ : लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकको गीत बजारमा ल्याउनुभएको छ । उच्च शिक्षा र अवसरका खोजीमा जापान तथा यूरोप र अमेरिकालगायत विभिन्न महादेश नै आफ्नो सपनाको संसार देख्ने तर आफ्ना आमाबाबुको अन्तिम सासमा नफर्कने आजको युवा पुस्ताको प्रवृत्ति र समाजको परिवेशलाई गीतमा समेटिएको छ ।

आमा बिमार छ बाबु आऊ भन्यो
कति पैसा पठाइदिम बाऊ भन्यो
जापानतिर छ छोरो अमेरिका छ छोरी
तिनले त बिर्से बाउआमा
हामीलाई तिनकै पिर छ ।।

रोइला (खेली) गायक देवकोटा र गायिका सम्झना भण्डारीले स्वर दिएको सो गीत आजदेखि युट्युबमा हेर्न सकिन्छ । गीतमा रमेश बिजीको शब्द तथा देवकोटाको लय रहेको छ । अभिनेता नीर शाह, हिउँबाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङलगायतको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले निर्देशन गर्नुभएको गायक देवकोटाले जानकारी दिनुभयो । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतमा विदेशमा रहेका युवाको व्यस्त जीवनशैलीले बिर्साउँदै गएको संस्कार र संस्कृति, भौतिक सुखको दलदलमा भासिएका सन्तानलाई जीवनको अन्तिम क्षणमा पनि आँखै अगाडि हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमाबाबुको कारुणिक रोदनलाई समावेश गरिएको बताउनुभयो ।

देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ रोइला गीत बजारमा ल्याइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal