को–पाइलट सन्तोषको ‘सिर्जना र सम्झना’ सार्वजनिक

काठमाडौँ, २९ चैत : हवाई दुर्घटनामा निधन हुनुभएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’ सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पु¥याएको योगदान भुल्न नसकिने बताउनुभयो ।

सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन गरेर गीति एल्बमका रुपमा सबैका हातमा पु¥याउन पाउँदा खुशी लागेको बताउनुभयो । उक्त एल्बममा सन्तोषले ‘तिमी हाँसेको देख्दा’, ‘धिपधिप बत्तीसँगै’ र ‘तिम्रो उचाइ आकाश’ लगायत तीन गीत रचना गर्नुभएको छ ।

छ गीत रहेको उक्त एल्बमका अन्य तीन गीतमा भावेश भुमरीका रचना छन् । उक्त एल्बमका छ गीतमा थुप्देन भुटिया, महेश सेवा, स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिनु भएको छ । एल्बममा रहेका तीन गीतको भिडियो समेत बनाइएको छ । विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal