राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता फागुन १९ देखि

रुपन्देही, १७ फागुन : पाँचौँ राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता तथा सांंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह आयोजनामा पहिलोपटक राजधानी बाहिर बुटवलमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । प्रतियोगिताका लागि अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेका छन् ।

महोत्सवमा १२० स्टलसमेत रहने छन् । प्रतियोगितामा पुरुष/पुरुष वा महिला/महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई रु ३० र अन्यको लागि ५० को टिकट बनाइएको छ ।

एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमको लागि रु ४९ लाख खर्च हुने र आम्दानी रु ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक गरौजाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिस्तरमै ख्याति कमाएका कलाकारका साथै स्थानीयस्तरका लोकदोहोरी कलाकारको जमघट हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु दुई लाख, द्वितीय पुरस्कार रु एक लाख २० हजार, तृतीय पुरस्कार रु ७० हजार, सान्त्वना पुरस्कार रु ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई रु १५÷१५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal