राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम

रोल्पा, १४ फागुन : फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । केटीतर्फ बजार समूह रोल्पाका एलिना बुढा र केटातर्फ प्यूठानका टेकेन्द्र जिएम उत्कृष्ट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद रु एक लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रतियोगिताको उत्कृष्ट एक पुरुष र एक महिला कलाकारलाई जनही रु पाँच हजार नगदको व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काठमाडौँका चार समूह, प्यूठान र दाङको एक÷एक समूह र रोल्पाका विभिन्न स्थानीय तहका सात समूहले सहभागिता जनाएको आयोजकले बताएका छ ।

बाह्य संस्कृतिको प्रभावले हराउन थालेका लोक संस्कृतिको संरक्षण गर्ने भन्दै रोल्पाका संस्कृतिप्रेमी युवाले राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका थिए । कला संस्कृतिमा अब्बल रोल्पालाई मूल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्नसमेत प्रतियोगिताले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal