पूर्व काउन्सिलर धनकिरणको साङ्गीतिक अवतारमा फागुन ३ गते काँकडभिट्टामा

भद्रपुर, २२ माघ (रासस) : बेलायतको फक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङलाई आगामी फागुन ३ गते काँकडभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ ।

झापाको मेचीनगर–६ काँकडभिट्टामा घर भएका उहाँ बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली हुनुहुन्छ । बेलायती गोर्खा सैनिकको १८ वर्षे जीवन गुजारेका उहाँलाई काउन्सिलर बनेपछि राजनीतिक अवतारमा देख्न पाइएको थियो । फौजी र राजनीतिक अवतारपछि अब उहाँलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको हो ।

द गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकडभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको छ । कार्यक्रममा पूर्व काउन्सिलर गुरुङले आफैँ गिटार बजाउँदै आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतप्रेमीलाई ‘फ्यान’ बनाउनुहुनेछ ।

कार्यक्रम काँकडभिट्टा मावि मैदानमा साँझपख हुनेछ । प्रवेशका लागि रु एक हजार, ५००, र १०० दरका टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । ‘कन्सर्ट’मा भाग लिन धनकिरण बेलायतबाट झापा आइसक्नुभएको छ । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कन्सर्टबारेमा उहाँले जानकारी दिनुभएको थियो ।

उहाँले कन्सर्टबाट सङ्कलन हुने सम्पूर्ण रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद र विपद् व्यवस्थापनका निम्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा युवाको ढुकढुकी एवं चर्चित गायिका मेलिना राई र लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलसमेत आउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal