देवकोटाको ‘अन्तिम भेट…’ बजारमा

काठमाडौँ, २५ पुस :

‘शिरमा सिन्दूर अर्कैको लाएर,
नरोउ भन्छेउ भेट हुन आएर,
सम्झी मन रोयो…
यही सम्झे मेरो मायालु, अन्तिम भेट हो यो…’

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘अन्तिम भेट…’ शीर्षक गीत बजारमा ल्याउनुभएको छ । रोईला (खेली) गायकका रुपमा चर्चित देवकोटाले पछिल्लो समयमा विछोडिनेहरुको पीडालाई समेटेर गीतमार्फत बजारमा ल्याउनुभएको हो ।

देवकोटाको लय÷शब्द र स्वर रहेको सो गीतमा लोक तथा दोहोरी गायिका विष्णु माझीले स्वर दिनुभएको छ । गुरुआमा फिल्मस् प्रालिले बजारमा ल्याएको सो गीतमा सङ्गीतकार विनोद बाजुरालीले सङ्गीत संयोजन गर्नुभएको छ । सो गीत आजदेखि युट्युबमा सुन्न सकिन्छ ।

सो गीतमा आशिरप्रताप जङ्ग र रञ्जिता शाहीले अभिनय गर्नुभएको छ । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ रोइला गीत बजारमा ल्याइसक्नु भएको छ । यस पटक सङ्गीतप्रेमी तथा स्रोतालाई फरक खालको गीत पस्कने क्रममा ‘अन्तिम भेट…’ बजारमा ल्याएको गायक देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.