अपाङ्गता भएकी गायिका छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक

काठमाडौँ, २२ पुस : गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आज विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताउनुभयो । “अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गर्नुभएको छ ।”

विमोचन कार्यक्रममा ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’का प्रमुख भोजराज श्रेष्ठ, आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य खड्ग मगर र आदिवासी जनजाति चलचित्र महासङ्घका महासचिव अमर सुनुवारले कलाकार छन्त्यालले आफ्नो म्युजिक भिडियोमा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या उजागर गरेको बताउनुभयो ।

नेपाल सांस्कृतिक सङ्घका महामन्त्री रोशनी केसीले जनचेतना जगाउने खालको यस्तो म्युजिक भिडियोले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

गायिका छन्त्यालले आफू अपाङ्गता भएको भए पनि उकाली ओराली चढेर अपाङ्गता भएका क्षेत्रमा जनचेतना जगाउने खालको काम गर्दै आएको र यो पछिल्लो भिडियोले राज्य र समाजलाई झक्झक्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal