भण्डारीको तीज गीत एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ सार्वजनिक

काठमाडौँ, २५ साउन : सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् ।

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् ।

नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.