‘माछी बस्ने पानी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, १७ पुस : लोकगायक गोपाल तिवारीको ‘माछी बस्ने पानी’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
ग्रामीण युवाको प्रेमालाप तथा उकाली ओराली र दुखवेदना दर्शाइएको सो म्युजिक भिडियोको निर्देशन मिडिया टप नेपालको प्रबन्ध निर्देशक राजेश तिमिल्सिनाले गर्नुभएको छ । सो म्युजिक भिडियोमा राधा तिवारीले गीत गाउनुभएको छ ।
मिडिया टप नेपालले हालसम्म ३५० म्युजिक भिडियो तयार पारिसकेको जनाएको छ । कार्यक्रममा पुराना गायक खड्ग गन्धर्वले कुनै पनि म्युजिक भिडियो शब्द, सङ्गीत र कलाकारको लगनशीलताजस्ता सम्मिश्रणले मात्र पूर्ण हुने बताउनुभयो ।
पुराना गीत र नयाँ गीतमा ती सामाञ्जस्यताको अभावका कारण स्रोेताको घरघरसम्म पुग्न नसकिएको बताउँदै उहाँले कलाकारले आफ्नो सिर्जनालाई कसरी स्रोतालाई आकर्षणमा पार्ने तथा सुनौसुनौजस्तो बनाउने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गायक तिवारीले आफूले पछिल्लो पटक जनसमक्ष ल्याएको म्युजिक भिडियो स्रोताले मन पराउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष राजेन्द्रकुमार कार्कीले सो म्युजिक भिडियोको लोकार्पण गर्दै उक्त भिडियोले जनचेतना जगाउने विश्वास व्यक्त गर्नुभयो ।
