बालगायक प्रिन्सको, ‘न मानामा नापिन्छ माया’

काठमाडौँ, १५ पुस : चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आउनुभएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ ।

एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गर्नुभएको छ । उहाँलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिनुभएको छ ।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डेले बताउनुभयो । यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याउनुभएको थियो ।

“गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्”, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले भन्नुभयो । ‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उहाँको दोस्रो गीत ‘दशैँ मनाउने हो’ को म्युजिक भिडियो दशैँअघि नै बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए ।

वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजिएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो ।

सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन भने चक्र महर्जनले गर्नुभएको छ । भिडियोमा थारू संस्कृतिसँगै सौराहाको पर्यटकीय र प्राकृतिक रमणीय दृश्यहरू देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal