‘सेतो साडी’ सार्वजनिक
काठमाडौँ, १ पुस : झण्डै १० वर्ष विदेशमा श्रम गरेका सर्जक जीतेन्द्र बानियाँको म्युजिक भिडियो ‘सेतो साडी’ मा सार्वजनिक गरिएको छ ।
विदेशमा श्रम गर्न बाध्य नेपाली र उनीहरुमा आश्रित परिवारको कथा व्यथा समेटिएको सो म्युजिक भिडियो राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, वरिष्ठ सङ्गीतकार राजु सिंह, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकालीलगायतले सार्वजनिक गर्नुभएको हो । स्रष्टा ब्याकुल माइलाले गीतले विदेशिएका धेरै नेपालीको पीडा समेटेको उल्लेख गर्नुभयो ।
वरिष्ठ सङ्गीतकार सिंह र अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लेकालीलेले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पीडालाई गीत र भिडियोमार्फत उकृष्ट ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । गीतमा गायक सागर संसार राईको स्वर तथा सङ्गीत संयोजन रहेको छ । राजेश पुमाराईको निर्देशनको भिडियोमा वरिष्ठ कलाकार सुरवीर पण्डित, नायिका सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ ।
सर्जक बानियाँ १० वर्ष कोरियामा श्रम गरेर फर्किएपछि पुनःगीत सङ्गीत र साहित्यमा सक्रिय हुनुहुन्छ ।

