नारायण गोपालको स्मृति दिवस मनाइयो

स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति कार्यक्रमको उपलक्ष्यमा नारायणगोपाल सङ्गीत कोषद्धारा उहाँको निवास काठमाडौंको महाराजगन्जमा बुधवार आयोजित कार्यक्रममा स्वरसम्राटको तस्वीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, १९ मङ्सिर : स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ ।

नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उहाँले यस धर्तीबाट बिदा लिएर जानुभएको थियो । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो ।

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहनुभएको चर्चा गर्नुभयो । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याउनुभयो ।

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो । सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal