‘शिवलीला’ र ‘अग्रता काली’ सार्वजनिक

काठमाडौँ, ७ मङ्सिर : गीतकार ई कुमार भट्टराईद्वारा रचित ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकब दुई भजनसङ्ग्रह विमोचन गरिएको छ ।

लीला सोलुशन प्रालिद्वारा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सो सङ्ग्रहको विमोचन गर्दै धर्म, जाति वा भूगोलका आधारमा कसैले कसैलाई पनि विभेद गर्न नहुने बताउनुभयो ।

‘अग्रता काली’मा ‘वेद नै अब विज्ञान सरी’ (स्वरः मिलन नेवार अमात्य), ‘नमो देव्यै’ (स्वरः मनोजराज शिवाकोटी) र ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवाकोटी) गीत समावेश गरिएको छ ।

त्यसैगरी ‘धर्म पनि हरायो’ (स्वरःतुलसी पराजुली), ‘देव अपूरा’ (स्वरः तुलसी पराजुली), ‘नमो स्तुते’ (स्वरः डा विदुर बस्ती र ईश्वर अमात्य) तथा शिवलीलामा ‘भन शिव तिमी नेपालमै’ (स्वरःप्रताप दास), ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवकोटी), ‘कहिले घाम कहिले पानी’ (स्वरः कर्माग्याल्छेन बम्जन), ‘लीला तिम्रै, कृपा तिम्रै’ (स्वरः कर्माग्याछेन बम्जन) र ‘पानी नि पिउदिँदन’ (मनिषा पोखरेल) लगायत गीत समावेश गरिएको छ । ई भट्टराईको विसं २०५१ मा ‘मेरो जीवन’ शीर्षक कविता तथा गीत समावेश गरिएको पुस्तक पहिलो पटक प्रकाशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal