‘विनाबर्दीको प्रहरी’ विमोचित

काठमाडौँ, ३० कात्तिक : ‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम विमोचन गरिएको छ ।

रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्नुभयो । एल्बममा पाँच गीत छन् । एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको सङ्गीत तथा विजय मानन्धरलगायत गायकको स्वर छ ।

नेपाल प्रहरीले आज यहाँ आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले गीतसङ्गीतमा सम्पूर्ण राष्ट्रलाई एकीकृत गर्ने बलियो शक्ति हुने बताउँदै गीतमा जनताको भावना केन्द्रित हुनुपर्छ भन्नुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरी सङ्गठन देश र नागरिकप्रति समर्पित भई इमान्दारीका साथ कार्यरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal