पौड्यालको ‘सगरसम्म लम्क’ बजारमा

काठमाडौँ, २५ कात्तिक । साहित्यकार महेश पौड्यालले गीतमार्फत घर छाडेर हिँडेका सन्तानलाई घर फर्कन आह्वान गर्नुभएको छ ।

हाइलाइट्स नेपालमार्फत भिडियोसहित सार्वजनिक गरिएको एल्बमको यही शीर्षक गीत गाउँको घरमा छाडिएका बाबुआमाको दृष्टिविन्दुबाट लेखिएको छ । शहर पसेर घर बिर्सने सन्तानलाई घर र बाबुआमाको सम्झना आउँछ कि आउँदैन भनी गीतमा प्रश्न गरिएको गीतकार पौड्यालले बताउनुभयो ।

गीतमा बम्बईमा रहनुभएका सङ्गीतकर्मी दिनेश पौड्यालको सङ्गीत तथा युवा गायक सुरेश लामाको स्वर छ । देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेको सो भिडियोलाई अनिल खतिवडाले निर्देशन गर्नुभएको हो । विक्रम सापकोटाको मुख्य अभिनय रहेको भिडियोको छायाङ्कन राजाराम गिरी र ठाकुर अधिकारीले गर्नुभएको हो । गीत र भिडियोका निर्माता प्रेम सापकोटा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.