गुरुङको ‘एकल सांस्कृतिक साँझ’ हुने

काठमाडौँ, १६ कात्तिक : वरिष्ठ सङ्गीतकार तथा गायक प्रकाश गुरुङले आगामी मङ्सिर १५ गते राष्ट्रिय नाचघरमा ‘एकल सांस्कृतिक साँझ’ गर्नुहुने भएको छ ।

शास्त्रीय, आधुनिक तथा चलचित्रमा गरेर करीब एक हजार गीतमा सङ्गीत भर्नुभएका गुरुङले ५० वर्ष पूरा गर्नुभएको सन्दर्भमा उक्त साँझ गर्न लागिएको हो । विभिन्न समयमा गुरुङले आफैँ गाउनुभएका उत्कृट गीतमध्ये १६ वटा गीत सांस्कृतिक साँझमा गाउनुहुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा करीब तीन दशक लामो जागिरे जीवन बिताउनुभएका उहाँले गीत तथा सङ्गीत प्रशिक्षण गर्दै आउनुभएको छ । उहाँका विद्यार्थीले गुरुङको जीवनका विभिन्न आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्न लागेका गायक नवीन राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.