कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान
काठमाडौँ, ११ भदौँ : रोटरी क्लब काठमाडौं वेस्ट, FHF Group, नमो हारति सहकारीद्वारा कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान गरिएको छ ।
कोरोना महामारीको समयमा फिल्डमा समाजको लागि कार्यक्षेत्रमा खटने, का.म.पा. १३ वडामा कार्यरत कान्तिपुर सरसफाइ , बाताबरण सुधार, सिसडोल सरसफाइका सफाई कर्मचारीहरु र महानगरीय ट्राफिक प्रहरी कालिमाटीका प्रहरी कर्मचारीहरुको लागि Face shield , मास्क, सेनिटाइजर लगायतका कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान गरिएको छ । रोटरी क्लब काठमाडौं वेस्टका अध्यक्ष मोहन ध्वज जोशी र नमो हारति सहकारीका अध्यक्ष सरोज श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
सो अबसरमा मोहन ध्वज जोशीले जोखिमपुर्ण कार्यमा खटनेहरुका लागि सानो सहयोग गरिएको र भबिस्यमा गरिरहने बताउनुभएको थियो ।
