माननीय रेग्मीको पहलमा अलपत्र मजदुरहरुको उद्धार
काठमाडौँ, १३ बैशाख: दैलेख जिल्लाका विभिन्न क्षेत्रबाट राजधानीका साथै आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका जिल्लामा काम गर्ने मजदुरहरुको उद्धार गरिएको छ ।
दैलेख निर्वाचन क्षेत्र न १ ‘क’ का माननीय धर्मराज रेग्मीको प्रत्यक्ष संयोजन र गाउँपालिकाहरुको समन्वयमा जिल्लाका गुराँस, डुङेश्वर भगवतीमाई लगायत गाउँपालिकालगायत दैलेखबाट रोजगारीको सिलसिलामा विभिन्न जिल्लामा छरिएर रहेका मजदुर लकडाउनका कारण अलपत्र परेपछि माननीय रेग्मीले पहलगरी उद्धार गर्नुभएको हो ।
त्यस्तै, राजधानीमा रहेर आफ्नै गाउँघर जान चाहने बिरामी, विद्यार्थीसमेत गरि चारवटा बसमा दुईदिन लगाएर जिल्ला पठाइएको छ ।
उद्धार कार्यमा स्थानीय गाउँपालिका अध्यक्षहरु खेम ओलि, नगेन्द्र मल्ल र दानबहादुर थापा, युबा ब्यबसायी हिक्मत थापा र नेकपाका युबा नेता टोप बिसिले विशेष सहयोग पु-याउनु भएको थियो ।

