५० थान पि.पि.इ. हस्तान्तरण, ५ लाखको कोष स्थापना

पुतलीबजार, स्याङ्जा, २८ चैत्र । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाद्वारा स्याङ्जा जिल्लामा कोरोना भाइरसको उपचारमा सहयोगका लागि ५० थान पि.पि.इ. हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई जिल्लाका ११ वटै स्थानीय तहमा पुग्नेगरि उक्त पि.पि.इ. पुर्याइदिने गरि हस्तान्तरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारीले यस महामारीको अवस्थामा गरेको सहयोगको सरहना गर्दै सबैको सहयोगले संकटको सामाना गर्नुपर्ने बताउनु भयो ।
स्याङ्जा जिल्लाबाट रोजगारी, ब्यवसाय तथा अध्ययनका लागि विश्वभर रहेका स्याङ्जाबासी हरुको साझा संस्था विश्वको २० देशमा क्रियाशिल रहेको छ ।
उक्त हस्तान्तरण समारोहमा समितिका बरिष्ठ उपाध्यक्ष, प्रकाश श्रेष्ठ, संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठ, सचिव तथा प्रवक्त मुक्ति सुवेदी, कोषाध्यक्ष खगेन्द्र गैह्रे, स्याङ्जा सहयोग समाज कतारका पूर्व अध्यक्ष टुकराज अर्याल लगायत समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
संस्थाले तत्कालका लागि कारोना राहतकोषका रुपमा ५ लाखको कोष स्थापना पनि गरेको छ ।
