चीनका राजदूतमा पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित  

काठमाडौँ सिंहदरबारमा सोमबार संघीय संसद, संसदीय सुुनुवाई समितिको बैठक । बैठकमा चीनका लागि प्रस्तावित नेपाली राजदुुत महेन्द्रबहादुर पाण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै । तस्वीर: रोशन सापाकोटा

काठमाडौँ, १० चैत : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको समय दिएको थियो । उक्त समय आज सकिएको हो । उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि पाण्डेको नाम आजै सुनुवाइ गरिएको हो । गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।

संघीय संसद, संसदीय सुुनुवाई समितिको बैठक । बैठकमा चीनका लागि प्रस्तावित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डको सिंहदरबारमा सोमबार सुुनुवाइ हुँदै । तस्वीर: रोशन सापाकोटा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.