सोह्र विधेयक प्रमाणीकरण

काठमाडौँँ, २ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

आज प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘जनस्वास्थ्य सेवा विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५,’ र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ रहेका छन् ।

यस्तै ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘सामाजिक सुरक्षा विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अपराध पीडित संरक्षण विधेयक, २०७५, र बालबालिकासम्बन्धी विधेयक, २०७५’ छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.