बालुवा तस्करीसँग मिलेमतो गर्ने १४१ प्रहरीको एकै साथ सरुवा
काठमाडौँ, २ असोज : कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ ।
बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो । गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ ।
बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ ।