चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रह

काठमाडौँ, २३ माघ : चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।

अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताउनुभयो । उहाँले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताउनुभयो ।

चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल आउनका लागि १८० विद्यार्थी र नागरिकले चीनस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.