पत्रकारद्वय रेग्मी र राना सम्मानित

रामपुर (पाल्पा), १८ माघ : राष्ट्रिय समाचार समिति (रासस) रामपुर समाचारदाता सुशीला रेग्मी सम्मानित हुनुभएको छ ।

शनिवार सूर्योदय कृषि सहकारी संस्था रामपुर पाल्पाको पाँचौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनका अवसरमा राससकर्मी रेग्मीलाई सम्मान गरिएको हो । राससकर्मी रेग्मीले पत्रकारिता क्षेत्रमा सहकारीमा समाचार संप्रेषणमा उल्लेख्य भूमिका पुर्‍याएकोेले नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । संस्थाले रेग्मी संगै एभिन्युज टेलिभिजन रामपुर संवाददाता पत्रकार इमान सिं रानालाई पनि सम्मान गरेको छ ।

जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासीनीले पत्रकारद्वयलाई संयुक्त रुपमा सम्मान गर्नुभएको हो । जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मरासीनीले देश संघियतामा गइसकेपछि देशमा परिवर्तन आएको बताउदै समृद्धितर्फ लाग्न आफ्नो काम आफै गर्नुपर्ने बताउनुभयो ।

जनतालाई उकास्नका निम्ति सहकारीले सहकार्य गर्नुपर्ने बताउदै स्थानीय तहमा एउटा वडामा करोडौको वजेट आएको छ तर बाझिएका खेतवारिमा कृषि उत्पादन गरेर हराभरा बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.