सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङबाट शपथ लिँदै आयुक्तद्वय कमला वली र दीपक मैनाली । तस्वीर: चन्द्रकला क्षेत्री

काठमाडौँ, २४ पुस : राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिनुभयो । आजै उहाँहरुले आफ्नो कार्यभार सम्हाल्नुभएको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुको पदावधि पाँच वर्षको हुन्छ ।

कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित हुनुहुन्थ्यो । यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो बुधबार सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.