सात हुलाक टिकट प्रकाशन

काठमाडौँ, १३ पुस : फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले विभिन्न क्षेत्रसँग सम्बन्धित सात वटा टिकट प्रकान गरेको छ । व्यवस्थापन कार्यालयले सङ्गीतकार स्व अम्बर गुरुङ, भगवान गौतमबुद्ध, जिब्रो छेड्ने जात्रा, सङ्गीत प्रवीण नवराज ढकाल, शङ्खे कीरा, वनस्पति र बौद्ध तेमाल जात्राको टिकट प्रकाशन गरेको हो ।

व्यवस्थापन कार्यालयद्वारा आयोजित हुलाक टिकट प्रकाशनको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले सो टिकटमा टाँचा लगाउनुभयो । सो अवसरमा महानिर्देशक ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले नेपालको इतिहास, संस्कृति, परम्परा र विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई संसारमा परिचित बनाउने उद्देश्यले टिकट प्रकाशन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.