सञ्चारिका पुरस्कारको निर्णय

ललितपुर, २५ भदौ : सञ्चारिका समूहले स्थापना गरेको ‘सञ्चारिका समानता पुरस्कार–२०७४’ सन्तगाहा मगरलाई दिने निर्णय भएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘समाज नै सम्बेदनहीन’ शिर्षकको समाचारका लागि उहाँलाई यो पुरस्कार दिने निर्णय भएको समूहले जनाएको छ । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

वर्ष दिनभरिमा विभिन्न पत्रपत्रिकामा छापिएका लैङ्गिक समानतामा आधारित समाचार, लेख र आलेखबाट छनौट गरिएको समूहका महासचिव कमला पन्थीले बताउनुभयो ।

यसैगरी स्वर्गीय पत्रकार उमा सिंहको नाममा स्थापित ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०७४’ पत्रकार गीता कुँवरलाई दिने निर्णय भएको छ । पुरस्कारको राशि रु सात हजार १११ रहेको छ । ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४’ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत फोटो पत्रकार शिल्पा कर्णलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.