‘सङ्घीयता क्षमता र वातावरणअनुसार सुुदृढ हुँदै जान्छ’
काठमाडौँ, ७ मङ्सिर : अदालत र जनताकाबीचमा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जटिलताका प्रश्न उठाइदिने र उपचार खोजिदिने विषयमा नागरिक समाजबाट गहन भूमिका हुनसक्ने आवश्यकतामा जोड दिइएको छ ।
नेपाल कानून समाजद्वारा आयोजित ‘अमेरिकी संविधानको अभ्यास र चुनौती’ विषयक कार्यक्रमका सहभागीले संसारमा सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारका मुुद्दा राजनीतिक र नागरिक अधिकारसरह नै कार्यान्वयन गरिनुपर्छ भन्ने आवाजलाई अदालतले नियाली रहेको बताउनुभयो । सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अमेरिकामा संविधान संशोधन गर्न धेरै जटिलता रहेका कारण जनताको जल्दाबल्दा समस्याको निकास दिन त्यहाँको सर्वाेच्च अदालतले बेला बखतमा समय सुहाउँदो व्याख्या गर्दै आएको बताउनुुभयो ।
उहाँले भन्नुुभयो, “विधिशास्त्रका माध्यमबाट अमेरिकी संवैधानिक पद्धतिलाई स्थायित्व दिने काम त्यहाँको सर्वाेच्च अदालतले गर्दै आएको छ । अदातलले कुनै किसिमको निकास नदिने र संविधान संशोधनको जटिल प्रक्रिया उस्तै रहने हो भने गतिरोधको अवस्था आउँथ्यो, त्यो गतिरोध फुुकाउन अदालतले बेलाबेलामा समय सुुहाउँदो व्याख्या गरी समस्याको गाँठो फुुकाइदिने अभ्यास अमेरिकामा छ ।”
आन्दोलनको आवश्यकताको अनुुभव हुनुु अगाडि नै त्यहाँको अदालतले रचनात्मक उपायमार्फत संविधानमा लेखिएका कुराका आधारमा व्याख्याका माध्यमबाट जनताका अधिकारलाई सुनिश्चित गर्ने अभ्यासकै कारण राजनीतिक र संवैधानिक अभ्यास त्यहाँ आजको विन्दुसम्म सहजरुपमा चलेको श्रेष्ठले उल्लेख गर्नुभयो ।
अमेरिकाको युनिभरसिटी अफ प्रिट्सवर्ग स्कुल अफ लका प्रा जुुलेस लोवेलले अमेरिकामा २५० वर्षदेखि कार्यान्वयन गर्दै आएको सङ्घीयता अहिलेसम्म पनि अभ्यासकै क्रममा रहेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “सङ्घीयता भनेको निरन्तर सच्याइरहनु, सुुध्रिरहनु, सहयोग गरिरहनु, सिकाइरहनुु, अभिप्रेरित गरिरहनुपर्ने मुद्दा भएकाले आफ्नो क्षमता र वातावरणअनुसार सुुदृढ हुँदै जान्छ ।”
नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले नागरिक समाजले जनताका कठिनाइसँग जोडिएर आएका मुुद्दालाई राम्रोसँग प्रस्तुत गर्न र चेनता जगाउने क्षमता देखाउन सक्नुपर्छ भन्नुुभयो ।
सो अवसरमा सहभागी वक्ताले संविधानमै नभए पनि फुटकर मुुद्दाका माध्यमबाट न्यायालयले नागरिक अधिकारका मुुद्दामा निर्णय सुुनाउँदै घटना स्मरण गराउँदै सबै कुरा संविधान संशोधन होला भनेर सोच्नेभन्दा न्यायका माध्यमबाट पनि निकास दिने ठाउँ भएसम्म त्यसलाई समावेश गर्ने कोशिस गर्ने शिक्षा अमेरिकी सर्वाेच्च अदालतबाट लिन सकिने धारणा राख्नुभएको थियो । जनताका समस्यालाई निकास दिन, आन्दोलनमा होमिनबाट रोक्न रचनात्मक उपायका माध्यममार्फत उजागर गर्न हाम्रो नागरिक समाजको भूमिका निष्पक्ष र प्रभावकारी हुनुुपर्ने उहाँहरुको भनाइ थियो ।
प्रावधानको हिसाबबाट साँच्चिकै उत्साहवद्र्धक र महत्वाकाङ्क्षी भएकाले हामीले संविधानमा लेखिएको कुरालाई कार्यान्वयनमा लैजान अदालत र जनताकाबीचमा सामाजिक, आर्थिक र राजनीतिक कानूनी मुुद्दाको जटिल पक्षबारे प्रश्न उठाइदिने र उपचार खोजिदिने काम नागरिक समाजको सचेतना र क्षमताको कुराले त्यस्ता मुद्दा किनारा लगाउन अदालतलाई अवसर प्राप्त हुने वक्ताहरुको भनाइ थियो ।
