कांग्रेस सांसद आलम पदबाट निलम्वित
काठमाडौँ, २७ असोज : प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ पर्नुभएको थियो ।
सङ्घीय सचिवालयद्वारा आज जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उहाँको सांसद पद निलम्वन गरिएको उल्लेख छ ।
