संविधानपछिको यात्रा राम्रोे भए पनि सुधारका गुञ्जायस सँगसँगै

काठमाडौँ, २ असोज : सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले संविधान निर्माणपछिको यात्रा राम्रोसँग शुरु भएको भए पनि यसमा सुधारका गुञ्जायस सँगसँगै रहेको बताउनुभएको छ ।

सरकारी वकिल समाज र संवैधानिक कानून व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमार्फत् आम नेपालीमा हामी भन्ने भावनाको विकास गराउने विषय सबैभन्दा महत्वपूर्ण विषय भएको औँल्याउनुभयो । संविधान आफैँमा उत्कृष्ट र खराब नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुनै कुरा खराब भएपछि राम्रो कसरी गर्ने र सुधारका लागि के गर्ने भन्ने पनि आउनु आवश्यक छ ।”

पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशको सार्वजनिक सुनुवाइ अन्तवार्ताजस्तै हुने गरेको बताउनुभयो । संवैधानिक इजालासले सक्रिय भएर काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

उच्च अदालतका न्यायाधीश टेकबहादुर ढुङ्गानाले अदालतले गत वर्ष परेको एक हजार ६२७ मुद्दामध्ये ३८० मुद्दा मात्रै अर्काे वर्षका लागि सारेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सर्वाेच्च अदालतले सरकार र संसद्ले गलत क्रियाकलाप गर्दा रोक्न र त्यसलाई मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.