चीनका विदेशमन्त्री आइतबार आउँदै 

काठमाडौँ, २० भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

चिनियाँ अधिकारीसँग भेटवार्ता

चीनको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग बिहीबार सिछुवान प्रान्तको लसान नगरपालिका उपप्रमुखलगायतले राजधानी छन्दुमा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा दुई देशका राजनीतिक नेतृत्वबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र सिछुवान प्रान्तबीच सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० सफल तुल्याउन अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न राज्यमन्त्री बुढाले अनुरोध गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवशेषकुमार त्रिपाठी, राष्ट्रियसभाका सदस्य दुर्गा उपाध्याय, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ अधिकृत डा सागर न्यौपानेलगायत भेटवार्तामा उपस्थित हुनुहुन्थ्योे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.