सेवाग्राहीले सेवा पाउन नसकेका सरकारी कार्यालय

गोपालप्रसाद बराल । महोत्तरी, १६ भदौ : प्रतिमहिना रु ४० हजारका दरले भाडामा सरकारी कार्यालय सञ्चालनमा छन्, कार्यालयमा अधिकृत नेतृत्वमा सरकारी कर्मचारी पनि कार्यरत छन्, तर महोत्तरीको बर्दिवासमा चार वर्षअघि स्थापना भएको नापी कार्यालय बर्दिवासबाट आम जनताले भने सेवा पाउन सकेका छैनन् ।

सघन जनसरोकारको कार्यालय भएपनि नापी कार्यालय बर्दिवासका १५ जना कर्मचारी कामविहीन छन् । कार्यालयले न जनताको काम गर्न पाएको छ, न त कर्मचारी नै काममा लाग्न पाएका छन् । दिनभरि कुर्सीमा उँघेर कार्यालय समय काट्नु यस कार्यालयका कर्मचारीको दैनिकी बनेको छ ।

जिल्लाका उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस क्षेत्र (हालको बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा नगरपालिकाको पहिलेको भङ्गाहा गाविस क्षेत्र, जो अहिले वडा नं. ३, ४ र पाँचमा पर्छन्)लाई सहज सेवा दिने उद्देश्यका साथ स्थापना गरिएको नापी कार्यालय बर्दिवासमा तोकिएका सेवा क्षेत्रका नक्सा, अभिलेख र कार्यालय प्रयोजनका कागजात नहुँदा कामविहीन बनेको हो । विसं.२०७२ जेठ १७ गते स्थापना गरिएको सो कार्यालयलाई नापी कार्यालय महोत्तरीले कार्यालय प्रयोजनका अभिलेख, नक्सा र कागजात नदिँदा उत्तरी क्षेत्रका वासिन्दा सहज सेवा पाउनबाट वञ्चित भएका छन् । पछिल्ला चार वर्षभन्दा बढी समयदेखि यस कार्यालयमा कार्यरत कर्मचारीले हात बाँधेर कार्यालय समय काट्नु पर्ने अवस्था रहेको छ । “के गरौं, हामीलाई काम त केही छैन, दिन काट्न गा¥हो छ”, नापी कार्यालय बर्दिवासमा भर्खरै सरुवा भएर आएका कर्मचारी टिकाराम ओलीले कार्यालयमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने अभिलेख नहुँदा यहाँ उँघेर बस्नुवाहेक केही काम छैन्, काम नहुँदा आपूmले जानेको सीप पनि बिर्सदै गइने पिर बढ्यो ।” सरुवा गरेर अन्यत्र पठाइ दिए काम गर्न पाइने अवस्था हुने ओलीको भनाइ छ । ओलीमात्र नभएर कार्यालयका सबै कर्मचारी यहाँको वसाइबाट वाक्क भएका छन् ।

कर्मचारीको यो बेगारी र करिब एकलाख जनसङ्ख्या ओगटेको यो कार्यालयको सेवाक्षेत्र तोकिएका वस्तीका वासिन्दालाई कार्यालय प्रयोजनको कामका लागि ६० किलोमीटर टाढा जलेश्वर पुग्नुपर्ने बाध्यता छ । यो अवस्था प्रधानमन्त्री, विभागीयमन्त्री, प्रदेशका मुख्यमन्त्री र स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय)लाई दर्जनौ पटक दर्शाइएपनि कामभने एक कदमपनि अघि बढ्न नसकेको बर्दिवासका नगरप्रमुख बिदुरकुमार कार्की बताउनुहुन्छ ।

“हामीले कहाँ भनेनौ ? कसलाई भनेनौं ? तर, समस्या ज्यांैका त्यौं रह्यो” नगरप्रमुख कार्कीले भन्नुभयो–,“सङ्घीय र प्रदेश सरकारलाई हारगुहार गर्दा अब चाँडै अभिलेख पुग्ने जवाफ पाएपनि स्थानीय प्रशासन र नापी कार्यालय जलेश्वरका प्रमुखको अनिच्छाले यो विषय अल्झदै आएको छ ।” सघन जग्गा किनबेच हुने बर्दिवास र भङ्गाहा नगरपालिका (वडानम्वर ३, ४ र ५) को अभिलेख बर्दिवास गएपछि अतिरिक्त आम्दानी घट्ने कुराले नापी कार्यालय जलेश्वरका प्रमुख र विचौलियाले अभिलेख पठाउने कुरालाई बङ्ग्याउने गरेका नगरप्रमुख कार्कीको सोझो गुनासो छ । यस अवधिमा जिल्लामा आएका प्रमुख जिल्ला अधिकारीले पनि दुई कार्यालय (बर्दिवास र जलेश्वर)बीच समन्वय नगरिदिँदा समस्या त्यत्तिकै बल्झेर रहेको कार्कीको भनाइ छ ।

विशेषगरी जग्गाको किनबेचसँग सम्बन्धित हुने मालपोत र नापी कार्यालयमध्ये मालपोत कार्यालय बर्दिवासमा सञ्चालनमा रहेको र नापीभने सञ्चालन हुन नसक्दा सानोतिनो कारोबारमा पनि दुइतिरको दौडधुपले समय र खर्च बढेसँगै हैरानी पाइने गरिएको बर्दिवास र भङ्गाहाका सर्वसाधारण बताउँछन् । “जग्गासम्बन्धी काम गर्नुपर्ने मालपोत कार्यालय बर्दिवासमा सञ्चालनमा छ” बर्दिवास नगरपालिका–११ खयरमाराका सामाजिक, राजनीतिक कार्यकत्र्ता चन्द्रलाल गौतमले भन्नुभयो–,“अहिले मालपोत कार्यालय यहाँ (बर्दिवास) र नापीको काम गर्न चाही जलेश्वर पुग्नुपर्दा झन् झम्मार (झण्झट) थपिएको छ ।” जग्गा रजिष्ट्रेशन गर्न बर्दिवासमा काम थालेर कित्ताकाट गर्न जलेश्वर पुग्नुपर्ने झण्झटले एक दिनमा हुने काम तीन दिन लाग्ने गरेको गौतमको गुनासो छ ।

बर्दिवासमा इलाका प्रशासन कार्यालयबाट प्रशासनिक सेवा पाउँदा राहत महसुस गरेका यहाँका बासिन्दालाई नापी कार्यालयका अभिलेख नआउँदा मालपोत कार्यालय र नापी कार्यालयको काम गर्नभने थप झण्झट बढेको हो । “मालपोत र नापी कार्यालयका काम धेरैजसो अन्तरसम्बन्धित हुन्छन्, मालपोतको काम बर्दिवासमा शुरु गरेर नापीको काम गर्न जलेश्वर पुग्नु पर्दा पाँच÷सातधुर जग्गाको खरिदबिक्रीमा पनि तीन दिन लाग्ने गरेको छ” भङ्गाहा नगरपालिका–४ का किसान सत्यनारायण यादवले भन्नुभयो–, “यो त हामीलाई घाँडो नै भयो, या त मालपोत कार्यालय पनि जलेश्वर लगी दिनुप¥यो, कि नापीका कागजात बर्दिवास नापी कार्यालयमा आउनुप¥यो ।” अब त प्रशासनिक काम आफ्नै घरआँगनमा पाइन्छ नेताले भन्ने गरेका कुरामा विश्वास गरौं कि नगरौ जस्तो भइसकेको यादवको थप भनाइ छ ।

कार्यालयको भाडा प्रयोजनका लागि वर्षेनी करिब पाँचलाख रकम गइरहेको र कर्मचारी कामविहीन रहेका बर्दिवास कार्यालयको अवस्था र अर्कोतिर जनताले सानो काममा बर्दिवास र जलेश्वर दुइतिर धाउँदा समय र खर्च दुबै बढेको बर्दिवास–१३ बिजलपुराका वडाअध्यक्ष तथा राजपा नेपालका स्थानीय नेता श्यामप्रसाद राउत बताउनुहुन्छ । आफ्नै ठाउँमा नापी कार्यालय स्थापना भएपछि सहज र सुलभ सेवा पाउने यस भेगका वासिन्दाले सँगालेका आस कहिल्यै पुरा नहुने हो कि भन्ने लाग्न थालेको राउतको भनाइ छ ।

यसैगरी भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहपनि नापी कार्यालय जलेश्वरका हाकिमको अनिच्छा, विचौलियाको चलखेल, स्थानीय प्रहरी÷प्रशासनको उदाशीनता र जलेश्वरका केही व्यापारीको आफ्नो व्यवसाय सङ्कटमा पर्ने हो कि भन्ने मनोरोगनै बर्दिवास नापी कार्यालयका कागजात आउन नसक्नुको मुख्य कारण भएको बताउनुहुन्छ । “कार्यालयका कागजातसम्बन्धित कार्यालयलाई दिने कुरालाई मधेश आन्दोलनसँग जोडेर केहीले राजनीतिक रङ्ग दिएका हुन्” प्रमुख साहले प्रश्नात्मक शैलीमा भन्नुभयो–,“म आफैं मधेश आन्दोलन हुँदै अहिले राजपा नेपालआवद्ध कार्यकत्र्ता हो, के हामीले आफ्नो पायक पर्ने बर्दिवास कार्यालयबाट सेवा लिन नपाउने ?” सङ्घीय र प्रदेश सरकारले यसको तत्काल समाधान दिनपर्ने साहको माग छ ।

पछिल्लो पटक गतमङ्सिर २७ गते बर्दिवासमै पुगेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा कुमारी अर्यालले एकसाताभित्रै नापी कार्यालय बर्दिवाससँग सम्बन्धित नक्सा, अभिलेख, श्रेस्तासहितका अन्य कागजात आइसक्ने बताउनुभएको कुरा बर्दिवासवासीले सम्झने गरेका छन् । त्यसयता नौ महिना बितिसक्दोपनि अभिलेख आउने कुरा जहाँको त्यहीं नै अड्केको महोत्तरी–१ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापा बताउनुहुन्छ । “मैंले आफैंले पनि कैंयौपटक प्रमुख जिल्ला अधिकारी र नापी कार्यालय जलेश्वरका प्रमुखसँग यसको समन्वयका लागि आग्रह गरें”, उहाँले भन्नुभयोे, “तर, उहाँहरुबाट सहयोग र समन्वय हुनसक्दा अनावश्यकरुपमा यो विषय अतिरञ्जित बनाउने गरेका पो पाइयो ।”

कार्यालयसँग सम्बन्धित अभिलेख दिन नापी कार्यालय जलेश्वरलाई कैयौंपटक आग्रह गरिएपनि पाउन नसकिएको नापी कार्यालय बर्दिवासका प्रमुख राजकुमार पौडेल बताउनुहुन्छ

बर्दिवास, गौरीवास, खयरमारा, माइस्थान, हाथीलेट, बिजलपुरा, किसाननगर, पशुपतिनगर (अहिलेको बर्दिवास नगरपालिका क्षेत्र) र भङ्गाहा (अहिलेको भङ्गाहाय बर्दिवासका प्रमुख राजकुमार पौडेल बताउनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.