कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

स्याङ्जा, भदौ १६ । सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २२ औ कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) को प्राविधिक सहयोगमा एक्सेसको तेस्रो ब्याचका ८ वटा सहकारीका ६५ जना प्रतिनिधि सहभागी थिए । स्याङ्जा, काठमाडौ, रामेछाप, नवलपुर, काभ्रे र बाग्लुङ जिल्लाका ८ बचत तथा ऋण सहकारी हरू कार्यक्रममा सहभागी रहेको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्योदयका संस्थापक नेफ्सकुन फिल्ड कार्यालय पोखराका संचालक अनन्तकुमार श्रेष्ठले सहकारीहरू आफ्नो कारोबारमा पारदर्शी र सदस्य मैत्री हुनु पर्ने, सहकारीको लगानी उत्पादनमा केन्द्रीत हुनु पर्ने तथा विशिष्टिकृत सहकारी संघको अवधारणामा जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले एउटामात्र सहकारी राम्रो भएर हुदैन समग्र सबै सहकारी राम्रो बनाउने अभियानमा लाग्नु पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेफ्सकुनका अधिकृत कवि न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.