अवैतनिक वाणिज्यदूतका प्रतिबद्धता
काठमाडौँ, ७ साउन : नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई नियुक्त गर्ने राष्ट्र र नेपालसँगको सम्बन्धलाई सुुमधुुर तुल्याउन सेतुुका रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा राजदूतावास नभएका ४६ देशका अवैतनिक वाणिज्यदूतहरूले आफूले प्रतिनिधित्व गरेको देश र नेपालका साझा चासो र हितका विषयलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।
राजधानीमा आज भएको अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)को १२औँ वार्षिक साधारणसभामा उहाँहरूले नेपालको पर्यटन एवं गरिमा प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने बताउनुुभयो ।
सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले परस्पर निर्भर एवं परस्पर सम्बद्ध वर्तमान विश्वमा सहकार्य र साझेदारीका माध्यमबाटै वाञ्छित लक्ष्य हासिल हुने भएकाले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ परिकल्पना साकार पार्ने दिशामा सक्रिय सहयोगको अपेक्षा आफूले गरको बताउनुुभयो ।
साधारणसभाले दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठलाई एचसिसीएनको डीनमा चयन गरेको छ । विगत १७ वर्षदेखि उहाँ उक्त देशको वाणिज्यदूत हुनुहुुन्छ । त्यसैगरी १२ वर्षदेखि मोरक्कोका अवैतनिक वाणिज्यदूतको जिम्मेवारी निर्वाह गरिरहनुुभएका उद्योगपति वसन्तकुमार चौधरी भाइस डीन चुनिनुु भएको छ ।
